स्थानीय तहमा ठूलो संख्यामा सहसचिवहरु सरुवा

काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले ठूलो संख्यामा सहसचिवहरुको सरुवा तयारी गरेको छ । विभिन्न मन्त्रालयका सहसचिवको सरुवाको लिष्ट तयार भइरहेको मन्त्रालय स्रोतले जनाएको छ ।

६० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवासँगै बुधवार मन्त्रालयले ६ जना सहसचिवको सरुवा गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाको आग्रहमा सहसचिव सरुवा गरिएको स्रोतले जनाएको छ ।

याे पनि पढ्नुस  निजामतीमा नौ सेवाको प्रावधान, शिक्षा र तथ्यांक सेवा खारेज

लोकसेवा आयोगमा कार्यरत झकप्रसाद आचार्यलाई अर्थ मन्त्रालय सरुवा गरिएको छ । त्यस्तै गृह मन्त्रालयका श्यामप्रसाद भण्डारी पनि अर्थमा सरुवा भएका छन् ।

अर्थ मन्त्रालयमा कार्यरत मुकुन्द निरौलालाई सामान्य प्रशासनको अतिरिक्त समूहमा सरुवा गरिएको छ । त्यस्तै सामान्य प्रशासन मन्त्रालयमा कार्यरत सहसचिव प्रकाश दाहाल श्रम तथा रोजगार मन्त्रालयमा सरुवा भएका छन् ।

याे पनि पढ्नुस  असार मसान्तभित्र स्थानीय तहमा कर्मचारीहरुको समस्या समाधान हुने

अर्थ मन्त्रालयमै कार्यरत शोभाकान्त पौडेल लोकसेवा आयोगमा सरुवा भएका छन् भने गृह मन्त्रालयका विनोदप्रसाद सिंह सामान्य प्रशासनको अतिरिक्त समूहमा सरुवा भएका छन् । अनलाइनखबरबाट

कमेन्ट गर्नुहोस्