शिक्षामन्त्री पोखरेल र इजरायली राजदूत बेनी ओमेरबीच भेटवार्ता

प्राविधिक र व्यवसायिक शिक्षामा सहयोग गर्न तयार छौं : राजदुत ओमेर

काठमाण्डौं, वैशाख १३ । नेपालका लागि इजरायली राजदूत बेनी ओमेरले प्राविधिक शिक्षा र व्यवसायिक तालिमको क्षेत्रमा नेपाल सरकारलाई सहयोग गर्न तयार रहेको बताएका छन् ।

बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसंग मन्त्रालयमा भएको भेटमा राजदूत ओमेरले नेपाल सरकारले प्रस्ताव गरे अनुसार दक्ष जनशक्ति उत्पादनमा इजरायल सरकार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

याे पनि पढ्नुस  दिल्ली पुगरे भेट मन्त्री पोखरेलले राष्ट्रकविलाई

इजरायलमा हुने बिज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन शिक्षा, बिज्ञान तथा प्रविधी मन्त्री पोखरेललाई निम्तो दिन आएका राजदूत ओमेरले दुई देशबीच निरन्तर सहकार्यको अपेक्षा गरिएको बताए ।

भेटमा शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री पोखरेलले नेपालको आर्थिक सम्वृद्धीमा सहयोग गर्न ईजरायल सरकारलाई आग्रह गर्नुभए पछी राजदुत ओमेरले यस्तो प्रतिबद्धता व्यक्त गरे ।

याे पनि पढ्नुस  दिल्ली पुगरे भेट मन्त्री पोखरेलले राष्ट्रकविलाई

मन्त्री पोखरेलले नेपालको कृषि शिक्षा, सूचना प्रविधी शिक्षा तथा व्यवसायिक तालिम लगायतका क्षेत्रमा इजरायलबाट नेपाली जनशक्तिलाई लामो तथा छोटो अवधीका तालिम प्राप्त हुनसके नेपालले लिएको आर्थिक सम्बृद्धीको अभियानमा ठुलो सहयोग पुग्ने अपेक्षा गरिएको बताए ।

भेटमा मन्त्री पोखरेलले नेपाललाई बिभिन्न अल्पकालिन तथा दीर्घकालीन प्राविधिक सहयोगको खाँचो रहेको भन्दैं दुई देशबिचको सहकार्य र सम्बन्ध मजबुत बनाउन आग्रह गरेका थिए ।

कमेन्ट गर्नुहोस्