तस्करीलाई जरैदेखि ध्वस्त गर्ने गृहमन्त्री थापाको उदघोष

भैरहवा, यातायातका क्षेत्रमा रहेको सिण्डिकेट खारेज गरेर चर्चामा आएका गृहमन्त्री रामबहादुर थापाले तस्करीका सबै जालोहरु ध्वस्त गर्ने घोषणा गरेका छन् ।

भैरहवा आइपुगेका गृहमन्त्री थापाले पत्रकारहरुसँग कुरा गर्दै कुनै पनि किसिमको तस्करी सह्य नहुने बताए ।

गृहमन्त्री थापाले देशको विकासको पहिलो शर्त सुरक्षा र सुशासन भएको बताउँदै सरकारले सबै उपाय अबलम्बन गर्ने समेत बताए ।

याे पनि पढ्नुस  चुनाव लगत्तै एमाले र माओवादी केन्द्रबीच एकता : अध्यक्ष ओली

शुक्रबार बिहान लुम्बिनी प्रेस क्लबले भैरहवास्थित गौतम बुद्ध बिमानस्थलमा पत्रकार भेटघाट कार्यक्रमकाृे आयोजना गरेको थियो ।
“‘तस्करी र कालोबजारीले मुलुकको अर्थतन्त्र तहस नहस हुने भएकाले तस्करीलाई जरै देखि उखेल्छौं,’ उनले भने, “३३ किलो सुन तस्करीका बारेमा अनुसन्धान भइरहेको छ। दोषी जो कोही भए पनि छाडदैनौ।’

याे पनि पढ्नुस  निशानामा ‘बादल’: यसरी हुँदैछ सुनियोजित दुष्प्रचार

गृहमन्त्री थापा निकै कडारुपमा प्रस्तुत भएका थिए । उनले यातायातको सिण्डिकेटसँगै लागु औषध कारोबार र घरेलु हिंसाविरुद्ध सरकारले तत्काल ठोस कदम चाल्ने बताए ।

देशमा शान्ति सुरक्षा र अपराध नियन्त्रयण गर्न ७ वटै प्रदेशमा प्रदेश स्तरीय कार्ययोजना बनाएर सरकार अघि बढ्न थालेको उल्लेख उनले मुलुक संघियतामा गैसकेकाले सुरक्षा निकायमा देखिएको अन्यौलता चाडै अन्त्य हुने बताए।

याे पनि पढ्नुस  विश्वका अपराधीले सहजै प्रवेश पाउने अवस्था हटाउन गृहमन्त्रीको निर्देशन

माओवादी केन्द्रका महासचिव समेत रहेका थापाले एमाले र माओवादी केन्द्र बिच एकताको मिति केही दिनमै तय हुने दाबी गरे।

कमेन्ट गर्नुहोस्