पत्नी-पीडित पति रुँदै प्रहरीको शरणमा पुगेपछि

हाम्रो जस्तो पितृसत्तात्मक समाजमा महिला हिँसाका घट्ना दिनहुँ जस्तो सुनिन्छन्। कार्यान्वयन पक्ष जतिसुकै फितलो भएपनि यसको न्यूनीकरणका निम्ति कानुन छ। तर हाम्रो जस्तै सामाजिक परिवेश भएको देशमा कुनै महिलाले लगातार पुरुषमाथि हिंसा गरेर उसलाई प्रहरीको शरणमा जान वाध्य पर्दाछिन् भने अचम्म नै मान्नु पर्ने हुन्छ।

यस्तै घटना घटेको छ भारतको उत्तर प्रदेश राज्यमा। त्यहाँको ग्रेटर नोएडा क्षेत्रको दनकौर प्रहरी चौकीमा एकजना पुरुष रुँदै प्रहरीको शरणमा पुगेका छन् र यसको कारण थियो उनकी श्रीमतीद्वारा उनलाई दिइएको प्रताडना ।

तीन वर्ष अघि ती महिलासँग विवाह गरेका उनले त्यहाँ पुगेर आफ्नी पत्नीलाई कारबाही गरिदिनु पर्ने माग गरेका थिए । ती पतिले रुँदै रुँदै आफ्नी पत्नीले घरको सारा काम लगाएर आफू मालिक्नी बन्ने गरेको गुनासो गरे ।

बिहे गरेर ल्याएदेखि नै पत्नीले कपडा धुन, खाना बनाउन र कुचो लगाउनेसहितका सारा काम पत्नीले आफूलाई लगाएर नोकर बनाएको पनि उनले उजुरीमा उल्लेख गरेका छन् ।

पत्नीले आफूलाई सताएको कुरा ससुरालीमा बताउँदा आफूमाथि झन् हिंसा भएको दाबी ती पुरुषले गरेका छन् । यस कुराको गुनासो ससुरालीमा गर्दा आफूमाथि झनै हिंसा बढेको गुनासो ती पुरुषले गरेका छन् ।

उनले ससुरालीमा यस्तो गुनासो गरेपछि पत्नीले घर पनि आफैँलाई पुछ्न लगाएर थप सास्ती दिएको दाबी गरेका छन् । यतिमै पत्नीको हिंसा रोकिएन, उनले पतिमाथि झुटो मुद्दा लगाएर फसाइदिने धम्की समेत दिएकी थिइन् ।

घरको काम गर्नुपरेपछि कार्यालयमा जान ढिलो हुँदा जागिर पनि गुमाउनुपरेको गुनासो उनले प्रहरीसँग गरेका छन् ।

पत्नीको हिंसाबाट आजित भएका उनले मंगलवार अबेर साँझ पत्नीमाथि कारबाहीको माग गर्दै पुलिसमा उजुरी दिएका हुन् । पुलिसले पीडितको उजुरी दर्ता भएपछि घटनाबारे अनुसन्धान थालिएको जानकारी दिएको छ।

 

कमेन्ट गर्नुहोस्