चीन पुगेर लत्रिए नरेन्द्र मोदी, मक्ख पर्दै यसरी गाए चीनको गुणगान

बेईजिङ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिन पिंगबीच चीनको बुहान सहरमा भएको भेटवार्तामा भारतीय प्रधानमन्त्री मोदीले चीनको विकास देखेर आफू दङ्ग भएको बताएका छन् ।

भारतीय मिडियामा दुवै नेताहरू बीच भेटवार्ताका बारेमा निरन्तर समाचार आइरहेका छन्। समाचारहरूमा दुवै नेताहरूले उत्सुकतापूर्वक हात मिलाएको र एकअर्काको हात समातेर धेरै बेरसम्म कुरा गरेको विवरण आएको छ।

याे पनि पढ्नुस  ट्रम्पले झपारेपछि किन भयो भारतको बिल्लीबाँठ ?

प्रधानमन्त्री नरेन्द्र मोदी र सि जिनपिङले एकसाथ हुबेइ म्युजियममा संस्कृतिक कार्यक्रम हेरेको समाचारहरूमा छ। दुवै नेताहरूले त्यसपछि द्विपक्षीय वार्ता गरेका थिए।

राष्ट्रपति सिसंगको भेटमा भारतीय प्रधानमन्त्रीले चीनले वुहान सहरमा बनाउन लागेको तीन ठुला बाँधहरूको प्रशंशा गर्दै आफूले गुजरातको मुख्यमन्त्री रहेका बेला यसबारे सुनेको बताएका छन्। प्रधानमन्त्री मोदीले चीनले जुन गतिले यी बाँधहरूको निर्माण गरेको छ त्यसले आफूलाई साह्रै प्रभावित गरेको र आफू त्यसको अध्ययनका निम्ति पनि चीन आएको बताए। साथै भारतीय प्रधानमन्त्रीले आफूले एक दिन उक्त बाँधमा बिताउने निर्णय गरेको समेत बताए।

याे पनि पढ्नुस  पाकिस्तानी प्रधानमन्त्री इमरान खानद्वारा मोदीलाई बधाई

भुटान र सिक्किमलाई चीनसँग छुट्याउने डोक्लाम क्षेत्रमा भारत र चीनका सेनाबीच भएको ७० दिन लामो तनावपछि पहिलो चोटी यी दुई देशबीच यो शीर्षस्थ भेटघाट हो। आउँदो २४ घण्टामा दुई नेता बीच ६ चोटी भेट हुने कार्यक्रम रहेकोछ।

 

कमेन्ट गर्नुहोस्