विद्यार्थी खाेज्न घरदैलाेमा नगरप्रमुख एेर

कञ्चनपुर, वैशाख १५ । विद्यालय भर्ना नभएका बालबालिका खोज्नका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐर घरदैलोमा पुग्न थाल्नुभएको छ ।

विद्यालय भर्ना नभएका बालबालिकाका घरमा पुगेर अभिभावकलाई उहाँले शिक्षाको महत्वबारे सम्झाउँदै हिडँनुभएको हो ।

शिक्षाबाटै देशलाई परिवर्तन गर्न सकिन्छ, अहिलेका बालबालिका भविष्यका कर्णधार भएकाले विद्यालय पठाउन कन्जुस्यार्इं नगर्नुस् नगरप्रमुख ऐरले नगरपालिकाको वडा नं ९ सिसैयामा पुगेर अभिभावकका घरमा पुगेर भन्नुभयो, “एक छाक खाएर भए पनि बालबालिकालाई विद्यालयमा भर्ना गराउनोस् ।”

याे पनि पढ्नुस  प्रचण्डद्वारा कञ्चनपुर घटनामा उच्चस्तरीय न्यायिक समिति गठन गर्न प्रधानमन्त्रीसँग आग्रह

“सामुदायिक विद्यालयमार्फत निःशुल्क पाठ्यपुस्तक मिल्छ, कुनै शुल्क तिर्नु पर्दैन, गरीब र जेहनदारका लागि झोला, अभ्यास पुस्तिका र पोशाकका लागि छात्रवृत्ति मिल्छ, तपाईंहरुका बालबालिकालाई पढाउने दृढ इच्छाशक्तिको खाँचो छ”, उहाँले भन्नुभयो ।

घरदैलोमा पुगेका नगरप्रमुखको कुरा सुनेपछि अभिभावक बन्धु चौधरीले भन्नुभयो, “यो सबै कुरा थाहा थिएन, बालबालिकालाई विद्यालय पठाउन कन्जुस्यार्इं गर्दैनौँ, ढुक्क भए हुन्छ ।”

याे पनि पढ्नुस  ६ दिनदेखि बेपत्ता किशोरीको हत्या

नगर प्रमुख ऐर वडा नं ४, ६, ९ र ११ वडाका अभिभावकको घरदैलोमा पुग्नुभएको छ । नगर प्रमुख ऐर, वडाध्यक्ष, वडा सदस्य र शिक्षकसँगै चेतनामूलक कार्यक्रममा व्यस्त हुनुभएको छ ।

दिनको दुई घण्टा उहाँले शिक्षाको पहुँचबाट टाढा रहेका बालबालिका खोजेर विद्यालयमा ल्याउनका लागि आफैँ घरदैलोमा पुग्ने कार्यलाई निरन्तरता दिँदै आएको वडा नं ९ का वडाध्यक्ष रमेश ऐरले बताउनुभयो ।

“नगर प्रमुख आफैँ घरदैलोमा पुग्न थालेपछि बालबालिकालाई आफूसँगै मजदूरीमा लैजाने अभिभावक प्रतिबद्धता जाहेर गर्दै बालबालिकालाई विद्यालय भर्ना गराउन थालेका छन्”, वडाध्यक्ष ऐरले भन्नुभयो ।

याे पनि पढ्नुस  निलम्बित एसपी बिष्ट सधैं विवादित, महिला प्रहरीमाथि दुर्व्यवहार

नगर प्रमुख आफैं घरदैलोमा पुगेर चेतना छर्न थालेपछि निजी विद्यालयमा पढाउँदै आएका अभिभावकले समेत बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गराएका छन् ।

जनचेतनामूलक कार्यक्रम गरिएपछि राष्ट्रिय माध्यमिक विद्यालय पिपलाडीमा मात्रै १६ जनाभन्दा बढी निजी विद्यालयमा पढ्दै आएका बालबालिका भर्ना भएका छन् ।

कमेन्ट गर्नुहोस्