प्रधानमन्त्री ओलीले भने -तपाईहरु नभएको भए मेरो १० औं पुण्यतिथि भइसक्थ्यो

काठमाडौं, वैशाख १५ । प्रधानमन्त्री केपी ओलीले आफू सक्रिय भएर देशको नेतृत्व गर्न सक्नुका पछाडि डाक्टरहरुको ठूलो मेहनत रहेको बताएका छन् ।

नेपाल प्रत्यारोपण समाजको प्रथम तथा सार्क नेफ्रोलोजी, युरोलोजी तथा ट्रान्सप्लान्टेसन सोसाइटीको ११औं सम्मेलनको राजधानीमा उद्घाटन गर्दै ओलीले मेडिकल साइन्स र डाक्टरहरुकै कारण आफू सक्रिय जिवन बिताइरहेको बताएका हुन ।

११ वर्ष पहिले आफ्नो मिर्गौला प्रत्यारोपण गरिएको स्मरण गराउदै ओलीले भने, ‘तपाईहरु नभएको भए अहिले मेरो ११ औं पुण्यतिथी भइसक्थ्यो । ’

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीको घोषणाः दुई वर्षभित्र नमूना डिजाइनमा धरहराको निर्माण

ओलीको सन् २००८ मा भारतको नयाँ दिल्लीस्थित एपोलो हस्पिटलमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । नेपालमा त्यति बेला मिर्गौला प्रत्यारोपण सेवा नभएकाले प्रत्यारोपणकालागि भारत जानु परेको ओलीले बताए । आफुलाई डाक्टरहरुले जिवनदान दिएकाले उहाँहरुका कुरा सधै सुन्ने र सकेसम्म पालना गर्ने गरेको उनले बताए ।

पछिल्लो एक दशकमा मिर्गौला प्रत्यारोपणको क्षेत्रमा नेपालले उल्लेखनिय प्रगति गरेकोमा खुशी व्यक्त गर्दै एक हजार जनाको स्वदेशमै मिर्गौला प्रत्यारोपण हुनु चानचुने कुरा होइन । ‘ मिर्गौला प्रत्यारोपी देशको प्रधानमन्त्री हुनु यो क्षेत्रका लागि सकारात्मक सन्देश हो । ’

याे पनि पढ्नुस  हेटौंडामा कपडा कारखाना चलाउने प्रधानमन्त्रीको उद्घोष

आफू पहिलो पटक प्रधानमन्त्री भएको बेला मिर्गौला फेल भएका बिरामीहरुका लागि डाइलासिस सेवा निशुल्क गरेको स्मरण गर्दै अव पनि मिर्गौलाका विरामीको हित हुने काम गर्ने प्रतिवद्घता जनाए । कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले नेपालमा ३० हजारको मिर्गौला प्रत्यारोपण गर्नु पर्ने अवस्था भए पनि एक हजारको मात्र प्रत्यारोपण गरिएको बताउदै यसलाई व्यापक बनाउदै लैजानु पर्नेमा जोड दिइन ।

याे पनि पढ्नुस  मन्त्रिपरिषदद्वारा प्रधानमन्त्रीको भारत भ्रमण पारित

उनले भनिन, ‘ प्रत्यारोपण र डाइलासिस निशुल्क भएपनि प्रत्यारोपण पछि खानु पर्ने महंगो औषधिका कारण समस्या भएको छ । यस बिषयमा सरकारले छलफल गरिरहेको छ । चाडै ठोस निर्णय गर्छौ । ’

नेपाल प्रत्यारोपण समाजका अध्यक्ष डा भोलाराज जोशीले प्रत्यारोपणका क्षेत्रमा अहिले भइरहेका उपलब्धिमा मात्र सन्तोष मान्नु पर्ने अवस्था नभएको बताए । सम्मेलनमा सार्क राष्ट्र र नेपालका गरि करिव एकसय ५० नेफ्रोलोजिस्टहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्