लामो सयमपछि एकै दिन शेयर बजारमा ४ अर्बभन्दा बढीको कारोबार

काठमाडौं, वैशाख १५ । धितोपत्र बजारमा यस साता रु चार अर्ब ६९ करोड ६१ लाख ७९ हजार बराबरको कारोबार भएको छ ।

नेपाल स्टक एक्स्चेञ्जका अनुसार यस साता कूल १८२ कम्पनीको एक करोड एक लाख ८५ हजार कित्ता शेयर खरिद बिक्री भएको हो ।

कारोबार रकम गत साताको भन्दा १४ दशमलव ८६ प्रतिशत बढी हो । गत साता १८१ कम्पनीको रु चार अर्ब आठ करोड ८७ लाख ५७ हजार बराबरका ८८ लाख ५९ हजार ४१० कित्ता शेयर खरिद बिक्री भएका थिए ।

याे पनि पढ्नुस  शेयर बजारमा नेप्से परिसूचक ०.३१ प्रतिशत बढ्यो, एक घण्टामै ४० करोडको कारोबार

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ८१ दशमलव २७ अंकले घटेर अन्तिम दिन १३५७ दशमलव २२ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १७ दशमलव शुन्य पाँच अंकले घटेर २८७ दशमलव शुन्य छ अंकमा आइपुगेको छ ।

याे पनि पढ्नुस  शेयर दलाल कम्पनी खुलेपछि कारोबार सहज

यस साता कारोबार रकमका आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको रु १९ करोड १५ लाख १० हजार बराबरको शेयर कारोबार भएको स्टकले जनाएको छ ।

त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा पनि नेपाल बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको पाँच लाख २४ हजार कित्ता शेयर कारोबार भएको छ । यस साता नेपाल स्टक एक्स्चेञ्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो ।

याे पनि पढ्नुस  यस्तो छ आजको सेयर बजार बुधबार सेयर बजार

यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । यस साता विभिन्न १८ कम्पनीको शेयर स्टकमा सूचीकृत भएका छन् ।

कमेन्ट गर्नुहोस्