चिनियाँ कम्पनीद्वारा काठमाडौंमा सडकमाथि गुडने रेल बनाउने प्रस्ताव

काठमाडौं, पछिल्लो समयमा चिनियाँ कम्पनीहरुको आगमन बढेसँगै मोनो रेलको प्रस्ताव समेत एउटा चिनियाँ कम्पनीले गरेको छ ।

चीनको सीआरसीसी नाम गरेको कम्पनीले यस्तो प्रस्ताव गरेको हो ।

कम्पनीले काठमाडौं महानगरपालिकासँग आगामी दुई वर्षभित्र मोनोरेल निर्माण गर्ने प्रस्ताव गरेको हो ।

भारतको दिल्ली, बैंककलगायतका कैयन शहरमा यस्तै प्रकारका मोनो रेलहरु सञ्चालनमा छन्

यसअघि फ्रान्स सरकारले समेत यस्तै प्रकृतिको रेल बनाउन अध्ययन नै गरिसकेको छ ।

चिनियाँ कम्पनीको प्रस्तावमाथि महानगरपालिकाले अध्ययन गरिरहेको कान्तिपुर दैनिकले उल्लेख गरेको छ ।

चिनियाँ कम्पनीले पहिलो चरणमा प्रस्तावमा मोनोरेल निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन गर्ने प्रस्तावमा गरेको छ ।

अध्ययन सकिएपछि कम्पनीले निर्माण थाल्ने प्रस्तावसमेत गरेको छ । मोनोरेल सञ्चालनका लागि दुई लेनको ट्रयाक र आठवटा पुल बनाउनुपर्ने प्रस्तावमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्