एमालेकरण हैन,समान हिस्सेदारी खाेजेका हाैँ : पम्फा भुसाल

काठमाडौं, बैशाख १६ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमलबीच पार्टी एकीकरणलाई लिएर समझदारी बन्न नसकेका बेला माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले सम्मान, समानता र न्योचितरुपमा अर्थात दुई पार्टीको बराबरी हिस्सेदारीमा मात्रै पार्टी एकीकरण हुनु पर्ने बताएकी छन्।

पार्टी एकीकरण वस्तुगत आवश्यकता भएको र जनताले त्यसलाई अनुमोदन गरिसकेको अवस्थामा एउटा पार्टी अर्कोमा विलय हुनेगरी नभई नयाँ पार्टीलाई जन्माउने गरी एकीकरण गर्नु पर्ने उनले बताएकी छन्।

याे पनि पढ्नुस  १० वर्षभित्र विकसित र समृध्द नेपाल निर्माण गर्ने वाम लक्ष्य : भुसाल

लामो कुराकानीमा नेता भुसालले भनिन्, ‘हामीले चुनाव अघि नै समानता, न्यायोचित र आपसी सम्मानका आधारमा पार्टी एकीकरण गर्ने भन्ने समझदारी भइसकेको थियो। करिव ४ दशक भिन्न धार बोकेका पार्टीबीचको एकताको विषय हो। यो पार्टी प्रवेशको कुरा पनि होइन र एउटा पार्टी अर्कोमा विलय हुने भन्ने पनि होइन । दुई पार्टीलाई मिलाएर नयाँ पार्टी जन्माउने भनिएको हो।

याे पनि पढ्नुस  १० वर्षभित्र विकसित र समृध्द नेपाल निर्माण गर्ने वाम लक्ष्य : भुसाल

उनले पार्टी एकीकरणमा अझै पनि जनयुद्ध, चुनाव चिन्ह, सांगठनिक संरचना लगायतका विषयमा दुई पार्टीबीच समझदारी हुन बाँकी रहेको र त्यसमा समझदारी गर्न दुई अध्यक्षलाई जिम्मा लगाएको र उनीहरुबाटै छिनोफानो हुने बताइन्।

‘हामीले हाम्रो तहबाट हुने काम सकिसकेका छौं अव दुई पार्टीका अध्यक्षहरुबीचको छलफल, अध्ययन, बहस र निश्कर्षमा एकीकरण भर पर्ने छ’, भुसालले भनिन्।

याे पनि पढ्नुस  १० वर्षभित्र विकसित र समृध्द नेपाल निर्माण गर्ने वाम लक्ष्य : भुसाल

तत्कालिन माले र माक्र्सवादीबीचको भएको एकीकरणलाई उदाहरणको रुपमा प्रस्तुत गर्दै उनले भनिन,’ एकीकृत पार्टीका अध्यक्ष दुवै जना हुनेमा सहमति भइसक्यो ।

नीति निर्माण गर्ने थलो केन्द्रीय कमिटी दुवै पार्टीको बराबरी अनुपातमा निर्माण गर्नु पर्ने हुन्छ । बरु तल जाँदा न्यायोचितरुपमा संगठनको संरचना तयार पार्न सकिन्छ। माथि भने बराबरी हुँदा नै राम्रो हुन्छ ।

कमेन्ट गर्नुहोस्