चलचित्र ‘काले दाई’को गीत युट्युबबाट सार्वजनिक (भिडियोसहित)

नेपाली चलचित्र ‘काले दाई’को पहिलो गीत युट्युबमा सार्वजनिक भएको छ ।

सुमन बैरागीको शब्द, दीपक शर्माको संगीत तथा गायक धुर्व विश्को र सहिमा श्रेष्ठको स्वरमा फिल्मको ‘राइफलको सिरानी’ बोलको गीत सार्वजनिक भएको हो।

रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा कलाकार इन्द्र राम्जाली, बिनु शाक्य र रामचन्द्र अधिकारी फिचरिङ छन्। फिल्ममा इन्द्र, बिनु, रामचन्द्रसँगै शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, गीता अधिकारी, विष्णु सापकोटा, सारिका घिमिरे, उत्तम केसी, गोविन्द श्रेष्ठ लगायतको मुख्य अभिनय छ।

गत वर्ष प्रदर्शन भएको फिल्म ‘पर्व’को हिट गीत ‘काले दाई’ बाट नाम सापटी लिएर बनाएको चलचित्रलाई शमशेर गुरुङ र इन्द्र राम्जालीले निर्माण गरेका हुन् ।

‘काले दाई’मा पवन गौतम र रामेश्वर कार्कीको छायाँकन, तारा थापा किम्भेको सम्पादन रहेको छ।

 

कमेन्ट गर्नुहोस्