किन उत्तरकोरियाले अमेरिकी विज्ञ बोलाएर आणविक कार्यक्रम रोक्ने घोषणा गर्यो ?

सोल, वैशाख १६ । उत्तर कोरियाले आगामी मे महिनामा आफ्नो आणविक कार्यक्रम रोक्ने भएको छ ।

मे महिनामा आफूले आणविक कार्यक्रम रोक्ने जानकारी उत्तर कोरियाली नेता किम जोङ उनले दिएको दक्षिण कोरियाली एकजना वरिष्ट अधिकारीले बताएका छन् ।

सो जानकारी उहाँले हालैमात्र भएको दक्षिण कोरियाली राष्ट्रपतिसँगको भेटवार्ताका क्रममा दिनुभएको दक्षिण कोरियाली राष्ट्रपतिका सल्लाहकार युन योङ चानले बताउनुभएको हो ।

याे पनि पढ्नुस  राजनितिक समाधानप्रति अमेरिका गम्भीर छैनः सिरियाली राष्ट्रपति

गत शुक्रबार भएको मुन र उनबीचको वार्ताका क्रममा कोरियाली नेता उनले सो जानकारी दिनुभएको प्रवक्ता चानले बताउनुभयो ।

प्रवक्ता चानका अनुसार उत्तर कोरियाली नेता उनले मे महिनामा राकिने सो आणविक कार्यक्रमको पर्यवेक्षणका लागि उहाँले अमेरिकी विज्ञलाई पनि आमन्त्रण गरिने बताउनुभएको थियो ।

याे पनि पढ्नुस  चीनबाट फर्किएपछि किमकाे पहिलाे प्रतिक्रिया, भ्रमण सम्बन्ध सुधारमा 'कोसेढुंगा'

आइतबार मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग केही हप्तापछि वार्ता गर्ने भनी दिनुभएको जानकारीसँगै दक्षिण कोरियाली राष्ट्रपतिका सल्लाहकारबाट यो भनाइ आएको छ । रासस

कमेन्ट गर्नुहोस्