यी हुन आजको कर्णाली प्रदेश मन्त्रिपरिषदका निर्णय

सुर्खेत, वैशाख १७ । कर्णाली प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद वैठक सम्पन्न भएको छ । वैठकले विभिन्न निर्णय गरेको छ ।

बैठकले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक तथा सुविधा सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक २०७५ को मस्यौदा स्वीकृत गरि प्रदेश सभामा पेश गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई सहमति प्रदान गर्ने निर्णय गरेको छ ।

याे पनि पढ्नुस  कोरोना संक्रमित बढ्दै गएपछि लकडाउनमा पुनः कडाइ

त्यसैगरी, कर्णाली प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधा सम्वन्धि विधेयक २०७५ को मस्यौदा स्वीकृत गरि प्रदेश सभामा पेश गर्न आन्तरीक मामिला तथा कानून मन्त्रालयलाई सहमति प्रदान गर्ने ।

कमेन्ट गर्नुहोस्