एसपीहरुको सरुवा, को कहाँ परे ?

काठमाडौं, वैशाख १७ । नेपाल प्रहरीका चार जना उपरीक्षक (एसपी) को सरुवा भएको छ । सोमबार प्रधान कार्यालय नक्सालले चार एसपीको सरुवा गरेको हो ।

धादिङ, सुनसरी, सिरहा र मकवानपुर जिल्लाका एसपीको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

याे पनि पढ्नुस  एसएसपी बढुवाको कानूनी बाटो खुल्यो, ३३ जना एसपी प्रतिस्पर्धामा

केन्द्रीय अनुसन्धान ब्यूरोमा रहेका एसपी जीवनकुमार श्रेष्ठलाई प्रहरी प्रमुख बनाएरसिरहा सरुवा गरिएको छ।

त्यसैगरी, एसपी डम्बरबहादुर विकलाई धादिङ, लोकेन्द्र श्रेष्ठ मकवानपुर र राजन अधिकारीलाई सुनसरी सरुवा गरिएको हो।

कमेन्ट गर्नुहोस्