विद्यार्थीद्वारा तालाबन्दीसहित आन्दोलनका थप कार्यक्रम सार्वजनिक

काठमाडौं, वैशाख १७ । निजी विद्यालयको चर्को शुल्कवृद्धि विरुद्ध आन्दोलनरत विद्यार्थी संगठनहरुको संयुक्त वैठकले सम्बन्धीत निकायले मागप्रति बेवास्ता गरेको भन्दै आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेका छन् ।

सोमबार अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय बागबजारमा वसेको आन्दोलनरत विद्यार्थी संगठनको संयुक्त बैठकले थप कार्यक्रम सार्वजनिक गरेको अनेरास्ववियूका सविच आरसी लामिछाने जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

याे पनि पढ्नुस  मातृभाषाको पढाइले बीचमै विद्यालय छाड्ने विद्यार्थी घटे

लामो समयदेखि निजी विद्यालयको चर्को शुल्कवृद्धि विरुद्ध चरणवद्ध आन्दोलन रहे पनि आजसम्म सरोकारवाला निकायले कुनै सुनुवाई नगरेकाले थप संघर्षका कार्यक्रम घोषणा गर्न वाध्य भएको विज्ञप्तिमा जनाइएको छ ।

यस्ता छन् आन्दोलनक कार्यक्रम
१. वैशाख १९ गते  संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२ अवज्ञा गरी शिक्षामा सिण्डिकेट कायम गर्दै शुल्क आतंक मच्चाउने कार्यको अगुवाइ गर्ने प्याब्सन र एन प्याब्सनका केन्द्रीय कार्यालय र देशभरका जिल्ला कार्यालयहरुमा तालाबन्दी गर्ने।

याे पनि पढ्नुस  एसइईमा लापरवाहीः गल्ती गर्ने परीक्षक, अन्याय भोग्छन् विद्यार्थी

२.वैशाख २० गते  शिक्षा विभागका महानिर्देशकको कार्यकक्षमा प्रदर्शन सहित तालाबन्दी गर्ने। देशभरका जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाई (साविक जिशिअ कार्यालय ) को कार्यकक्षमा तालाबन्दी गर्ने।

३.वैशाख २१ गते विद्यालय तहको शिक्षाको अनुगमन र शुल्क निर्धारणको अधिकारप्रति वेखबर भई निदाएका जनप्रतिनिधि ब्युझ्याउन देशभरका स्थानीय तहका कार्यालय अगाडि प्रदर्शन सहित सिटी फुक्ने।

याे पनि पढ्नुस  देवनायराणको रिहाईको माग गदै विधार्थीले घेरे भारतीय दूतावास

४.वैशाख २१ गते सम्म माग सम्बोधन नगरिए वैशाख २२ गते वैठक वसी कडा र सशक्त कार्यक्रमको घोषणा गर्न वाध्य हुने ब्यहोरा अवगत गराउन चाहन्छौं।

कमेन्ट गर्नुहोस्