आर्सनलमाथि चेल्सीको ७-१ को जित, उचाल्यो लगातार पाँचौँ सिजन उपाधि

काठमाडौं, वैशाख १८ । चेल्सीको युथ टिमले आर्सनल युथ टिमलाई हराएर एफए युथ कपको उपाधि उचालेको छ ।

एफए युथ कप फाइलनको दोस्रो लेग अन्तर्गत सोमबार राति भएको खेलमा आर्सनलमाथि ४-० को जित दर्ता गर्दै समग्रमा ७-१ को जितसहित चेल्सीले लगातार पाँचौँ सिजन उपाधि उचालेको हो । फाइनलको पहिलो लेगमा चेल्सी ३-१ ले विजयी भएको थियो ।

दोस्रो लेगमा चेल्सीलाई जिताउन क्वालम हड्सन ओडोइले दुई गोल गरे । यस्तै बिल्ली गिल्मोउर र टिनो एन्जोरिनले एक एक गोल गरे । चेल्सीले लगातार पाँचौँ पटक उपाधि पक्का गरेको हो ।

सन् २०१३ मा फाइनलमा नर्विचसँग पराजित भएयता चेल्सी पराजित भएको छैन । सन् १९५० मा म्यानचेस्टर युनाइटेडले लगातार पाँचौँ सिजन एफए युथ कपको उपाधि उचालेपछि लगातार पाँच सिजन उपाधि उचाल्ने चेल्सी पहिलो टिम हो ।

कमेन्ट गर्नुहोस्