एन आरएन र दूतावासको संरक्षणमा मौलाउदै मानव तस्करि कसले गर्छ कारबाही ..?

एभरेस्ट दैनिक /सम्बाददाता

बैदेशिक रोज़गार सम्बन्धि ऐन २०४२को संसोधित ऐन २०६४ लगायत बिभिन्न रास्ट्रिय तथा अन्तराष्ट्रीय कानुन बिपरित पैसा लिएर वा नलिएर होस बिभिन्न बाहानामा बैदेशिक रोज़गार, यौन ब्यापार, वा जबरजस्ति काममा एक ठाउँबाट अर्को ठाउँ अथवा एक देश बाट अर्को देशमा गरिने मानब ओसार पसार सम्बन्धि गरिने कार्य नै मानव तस्करी हो ।

सरकारले श्रम तथा बैदेशिक रोज़गार बिभागको अनुमति बिना यस किसिमको कार्य गर्न बर्जित गरेको छ । बिभागले नियमानुसार आएको निबेदनलाई होलोग्राम भएको स्टीकर प्रदान गरी स्वीकृति दिने गरेको छ । सो स्टीकर बिना सेटिंग मार्फत नेपालको एयरपोर्ट र भारत लगायत अन्य मुलुक भएर बिदेश जानू वा लैजानु ग़ैर कानुनी हो ।
सरकारले बनाएको नियम लाई कडाइ गर्न नसक्नु र प्रसासन भित्र बाट नै यस्ता कार्यमा साथ दिनुले अहिले विशेषगरी खाडिका देश हरुमा मानव तस्करी बढ्दै गएको छ भने प्रसासन कै आडमा मानव तस्करहरु समेत हुर्कदै गएका छन ।

यस्को पछिल्लो उदाहरण कुबेतमा एक दशक देखि बसोबास गरि मानव तस्करी गर्दै आएका एनआरएन कुबेतका अध्यक्ष अर्जुन तामाङ र एनआरएन कुबेतकै महिला सम्योजक सुस्मिता लिम्बू लाई लिन सकिन्छ ।

मानव बेचबिखनमा भुमिगत र प्रत्येक्ष रूपमा संलग्न रहदै आएका यी दुई केबल उदाहरण मात्रै हुन भने यस्को जालो सबैतिर फैलिएको छ ।
आफ्नो कुकर्म खुल्ने डरले केहि महिना अघि मात्रै आफ्नो बारे समाचार प्रकाशन गरेको भन्दै नेपाल पत्रकार महासघ कुबेत शाखाका अध्यक्ष हरि कृष्ण न्यौपाने लाई मरासन्न हुने गरि कुट्न सफल भएका तामाङले अहिले पनि कुबेतमा तस्करीको राज चलाउदै आएको प्रष्ट देख्न सकिन्छ ।

विशेषगरी भारतको बाटो प्रयोग गरि कहिले युएई हुँदै त कहिले अन्य देश बाट नेपाली महिला हरुलाइ विभिन्न प्रलोभनमा पारी कुबेत पुर्याइ बेच्न सफल तामाङ र लिम्बु आफ्नो दलालिको खेती मौलाएकोमा गर्व गर्दै हिडेका छन ।भने उनीहरुलाई नेपाली श्रमिकका मसिया हौ भन्ने एनआरएन र दूतावासका कर्मचारी हरुले नै समाजसेवीको पगरी गुथेर राखेको देखिन्छ ।
सिन्धुपाल्चोक स्थाइ ठेगाना भएका तामाङ र इलाम घर भएकि लिम्बु एउटै सस्था भित्रका दुई जिम्मेवार प्रतिनिधि हुन। तर पनि उनिहरु मानव बेचबिखनमा भने नङ र मासुको सम्बन्ध बनाएर हिडेका छन ।

महिला हक हितमा काम गर्छु भन्दै महिला नेतृत्वको ट्याग भिरेकि लिम्बुलाइ गाउँ घरका सोझा सिधा महिला फकाउन र कुबेतमा बेच्न खासै गार्‍हो छैन ।अर्का कुख्यात खेलाडी तामाङ त म एनआरएनको अध्यक्ष हु भन्दै सानो नाक पनि घिरौला जत्रो बनाएर साथमा असिस्टेन्ट नै राखेर हिडेका छन कुबेतमा ।

बर्ष दिन भित्र मात्रै सयौ महिलालाई बेचेर करोडौं रकम थुपार्ने सफल तामाङ र लिम्बू त्यहा कार्यरत नेपालीको बुझाइमै भन्ने हो भने श्रीपेज नलगाएका राजा र राज्य बिनाकी रानी बनेका छन ।
पीडितको आवाज लाई नजर अन्दाज गर्न नसकी उद्दार गरि दूतावास सम्म पुर्याय पनि उनीहरु विरुद्ध बोल्ने लाई ज्यान मार्न सम्मको धम्की दिन नडराउने तामाङ र लिम्बुलाइ दूतावास र एनआरएनले कारबाही गर्न त कुरै छाडौं उनीहरु विरुद्धको गुनासो नै सुन्दैन भन्ने आवाज पनि पीडितहरु बाट नै घन्किरहेको छ ।

एकातिर नेपाल सरकारको नीति नियम भित्र रहि आपतबिपतमा परेका आफ्ना नागरिकलाई कुटनैतिक र कानुनी सहयोग गर्छौ भन्ने कसम खाएर दूतावासमा काम गर्न पुगेका कर्मचारीहरु नै मानव तस्करहरु लाई संरक्षण गर्न र अर्कातर्फ नेपाली श्रमिकलाई अफ्ट्यारो परिस्थितिमा हरदम साथ सहयोग गर्छौ भन्दै एनआरएन नामक सस्था खोलेर बसेका हरुले नै दलाल अनि तस्कर हरुलाइ बचाउदै उनिहरुकै ओकालत गर्दै आएको देख्दा तामाङ र लिम्बू जस्ता मानव रुपि नरपिचासु हरुलाइ कहि कतै बाट कानुन नै लाग्दैन कि भन्ने सोच पनि पीडितहरुमा पलाउन थालेको छ ।

नेपाल सरकारले अनुमति नै नदिएको काममा कहिले युएई लैजान्छु भन्दै त कहिले अर्कै काममा भन्दै सेटिङ मार्फत अन्ततः घरेलु कामदारको रूपमा हजारौं डलरमा महिला हरुको बेचबिखन गर्न सफल तामाङ र लिम्बू कुबेतको श्रम बजारमा (स्लो पोइजन )बनेर बसेका छन जस्ले बिस्तार बिस्तार सबैलाई आफ्नो जालमा पारी त्यहाको श्रम बजार नै असुरक्षित र अव्यवस्थित बनाउने निस्चित छ ।

कमेन्ट गर्नुहोस्