जन्मदिनको मौकामा अभिनेत्री अनुष्काको एक रहस्यको खुलासा

मुम्बई । बलिउड अभिनेत्री अनुष्का शर्मा ३० वर्षकी भएकी छन् । उनको जन्म १ मे, १९८८ मा अयोध्यामा भएको थियो । कैयौं बलिउड चलचित्रमा काम गरिसकेकी अनुष्का जन्मदिनको मौकामा उनीसँग जोडिएको एक रहस्यको खुलासा भएको छ ।

एक अवार्ड शो कार्यक्रमबाट फर्किंदा बाटैभरि नै उनी रोई मात्र रहेका थिए । कारण के हो भने उनले खेलेका थुप्रै सुपरहिट चलचित्रले गर्दा पूरा आशावादी रहेकी थिइन् कि अवार्ड पक्कै पनि मैले नै पाउने छु तर अवार्ड पाइनन् ।

दुई सुपरहिट चलचित्रको लागि अनुष्काले पाइनन् अवार्ड

अनुष्काले २००८ मा उनको पहिलो बलिउड चलचित्र ‘रब ने बना दी जोडी’ मा डेब्यु गरेकी थिइन् । उनको सुरुवाती दुई चलचत्र ‘रब ने बना दी जोडी’ (२००८) र बैण्ड बाजा बारात (२०१०) ले उनला‌इ बेस्ट एक्टे«सको फिल्मफेयर अवार्डको लागि नोमिनेसन समेत दिलायाे । दुई हिट चलचित्रबाट पुरै आशावाव रहेकी अनुष्कालाई अवार्ड मिलेन । एक अन्तर्वार्ता अनुष्काले भनेकी थिइन्, ‘दुई सुपरहिट चलचित्रले गर्दा म अवार्डको लागि फिट थिएँ, तर मलाई अवार्ड मिल्न सकेन ।’ उनले भने– ‘अवार्ड फंक्शन सकिएपछि घर जाँदाको समय म बाटैभरि रोइरहेकी थिइन् ।’ अवार्ड नपाएपछि मलाई साह्रै नराम्रो लाग्यो कि सबैले अवार्ड पाउन सफल भए तर मैले पाएन ।

उनले अर्काे अन्तर्वार्तामा भने, ‘एक अन्य अवार्ड शो मा जब म ब्याक स्टेज मा थिएँ र यस फंक्शनमा पनि म अवार्ड पाउन असफल रहे । यसैक्रममा अमिताभ बच्चनबाट मलाई नाम लिएर बोलाए। मलाई एकदमै अचम्म लाग्यो । उनले मलाई भने– मैले चलचित्र हेरें र धेरै समयपछि एकदमै ट्यालेन्टेड एक्ट्रेस देख्ने मौका पाएको छु । त्यही समयमा असिन आफ्नो अवार्ड लिएर मेरो सामु पुगिन। अमिताभकाे कुरा सुनेपछि मलाई लाग्याे मैले मेराे अवार्ड पाइसकें ।

कमेन्ट गर्नुहोस्