Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

समयमै तलब नदिने संचार संस्था अब बन्द गरिन्छः पत्रकार महासंघ

मजदुर दिवसकै दिन नेपाल एफएममा कालो ब्यानर

काठमाडौँ । कर्मचारी तथा पत्रकारहरुलाई समयमै तलब नदिएको भन्दै नेपाल पत्रकार महासंघले नेपाल एफएममा माग पत्रसहित कालो ब्यानर टाँगेको छ ।

विश्वभर १२९ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाँउदै गर्दा नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्ट नेतृत्वको टोलीले कालो ब्यानर टाँगेको हो ।

नियमित तलब र लामो समयसम्मको बक्यौताको भुक्तानीका लागि व्यवस्थापनलाई दबाब दिन आन्दोलनमा उत्रनुको विकल्प नरहेको महासचिव बिष्टले बताए । उनले भने– ‘श्रमजीविको हकहितका लागि महासंघले को कसैसँग सम्झौता नगर्ने र परिआए सञ्चार संस्थामा तालाबन्दी गरिन्छ ।’

विगतमा संचारसंस्था बन्द हुँदा जनताको सूचनाको हक कुण्ठित हुने बाहनामा श्रमजीवीलाई अन्याय हुँदा बन्द गर्न पाइन्न भन्ने रहेको भएपनि अहिले सूचना पाउने अन्य धेरै माध्यमहरु भएकाले तत्काल माग पूरा गर्न व्यवस्थापन तयार नभए वा महासंघको आन्दोलनलाई फितलो ठानिए तालाबन्दीसम्म गर्न पछि नपर्ने बताए ।

घोषित आन्दोलनका चरणबद्ध कार्यक्रम अन्तर्गत मंगलबार कालो ब्यानर टाँगिएको हो र यही वैशाख २० गते बुधबार एकघण्टा धर्नासहित थप कार्यक्रम गर्ने उल्लेख छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: