डोमिनिकन रिपब्लिकले ताइवानसँगको सम्बन्ध तोड्दै चीनसँग सम्बन्ध गाँसेपछि

काठमाडौं, वैशाख १८ । डोमिनिकन रिपब्लिकले ताइवानसँगको कूटनीतिक सम्बन्ध तोड्दै चीनसँग सम्बन्ध गाँसेको छ। डोमिनिकन रिपब्लिक ताइवानको सबैभन्दा ठूलो कूटनीतिक साझेदारमध्ये एक थियो।

७७ वर्षदेखि ताइवानसँग कूटनीतिक सम्बन्ध राख्दै आएको डोमिनिकन रिपब्लिकका विदेशमन्त्री मंगलबार बेइजिङमा हस्ताक्षर गरेको घोषणामा सो राष्ट्रले ‘आजकै दिनबाट ताइवानसँग कूटनीतिक सम्बन्ध तोडेको’ बताइएको छ।

अब ताइवानसँग कूटनीतिक सम्बन्ध राख्ने राष्ट्रहरुको संख्या मात्र १९ रहेको छ, जसमध्ये धेरैजसो मध्यअफ्रिकी साना तथा कमजोर राष्ट्रहरु पर्दछन्। आगामी दिनमा भ्याटिकनले पनि ताइवानलाई छोडेर चीनसँग सम्बन्ध गाँस्ने अनुमान गरिँदै आएको छ।

गत वर्ष पानामाले चीनसँग यसरी नै सम्बन्ध गाँसेको थियो।

ताइवानले भने ३ अर्ब डलरको लगानीको आशा देखाएर डोमिनिकन रिपब्लिकलाई चीनले आफूतिर तानेको आरोप लगाएको छ। एजेन्सी

कमेन्ट गर्नुहोस्