विवाहको सिजनमा सुनको मूल्य ह्वात्तै घट्यो

काठमाडौं, वैशाख १८ । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा ४०० रुपैयाँले घटेर ५८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार सुन प्रतितोला ५८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन ५८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ७५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी ७६० रुपैयाँ कारोबार भएको थियो ।

कमेन्ट गर्नुहोस्