ट्रकले मोटरसाइकललार्इ ठक्कर दिँदा एकको मृत्यु

राजविराज । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका– ३ मा ट्रकमा मोटरसाइकल ठोक्किँदा आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीयवासी मोटरसाइकल चालक २५ वर्षीय मनोज चौधरी रहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स२प ५७८६ नं को मोटरसाइकल सडकमा रहेको ट्रकमा ठोक्किएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । रासस

याे पनि पढ्नुस  दुई वर्षकी छोरीले यसो गरेपछि गयो आमाको ज्यान

कमेन्ट गर्नुहोस्