वन उपभोक्तालाई आयआर्जन गर्ने सीप सिकाइँदै

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका १२ जोगबुडाका वन उपभोक्तालाई पहिलो पटक आयर्आजन सम्बन्धी सीप सिकाउन थालिएको छ । समुदायक वनमा त्यसै खेर गइरहेको अम्रिसोलाई आयआर्जनसँग जोड्न त्यसको कुच्चो बनाउने सीप सिकाइन थालिएको हो ।

जिल्ला वन कार्यालयको आर्थिक सहयोग र इलाका वन कार्यालयको समन्वयमा वनमा उत्पादन भएका घाँस, स्याउला, पातलाई बजारको माग अनुसारका सामग्री निर्माण गरी बिक्री गर्ने तालीम दिइएको छ । उक्त नगरपालिका–१ स्थित जानकी सामुदायिक वन उपभोक्ता समूहमा पाँच दिने अम्रिसो कुचो बनाउने तालीम आयोजना गरिएको उत्थानशील सामाजिक विकास केन्द्रका कोषाध्यक्ष रामबहादुर ऐरले बताउनुभयो ।

पाँच दिनसम्म जानकी सामुदायिक वनमा सञ्चालन हुने तालीमको सहजीकरण संस्थाका सदस्य लक्ष्मणबहादुर थापाले गर्नुहुने भएको छ । उक्त सीपमूलक तालीममा समुदायका लक्षित वर्ग, दलित, असहाय व्यक्तिको सहभागिता छ
जिल्ला वन र संस्थाले आफ्नो सामुदायिक वनका उपभोक्तालाई दिएको तालीमले समदायका उपभोक्ताको आयआर्जन बढ्नुका साथै वनमा उत्पादित अम्रिसो पनि काम लाग्ने जानकी सामुदायिक वनले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्