विष्णु माझी र सुदीप कार्कीको मन छुने गीत ‘माफ गर है सानु’ भिडियोसहित

काठमाडौं, वैशाख १८ । पछिल्लो समय एकपछि अर्का गर्दै नेपाली गीत संगीतको क्षेत्रमा नयाँ नयाँ कलाकार आउने क्रम बढेको छ । नयाँ भए पनि केही निकै प्रतिभावान आएका छन् र छोटै समयमा आफूलाई स्थापति पनि गरेका छन् ।

यस्तै भिडमा आफ्नो सांगीतिक यात्रालाई अगाडि बढाएका छन् कलाकार सुदिप कार्कीले । भर्खरै कार्कीले निकै मन छुने लोकदोहोरी गीत बजारमा ल्याएका छन् ।

‘माफ गर है सानु’ बोलको गीतमा चर्चित गायिका बिष्णु माझी र सुदिप कार्कीको सुमधुर आवाज रहेको छ । गीतमा सर्जक प्रदिप अधिकारीको लाग्दो लय तथा शब्द रहेको छ ।

बिमल अधिकारी र सारिका केसीद्वारा अभिनित गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । म्युजिक भिडियोलाई निर्देशन कपिल लामाले गरेका हुन् भने छायांकन सुरेश श्रेष्ठ र सम्पादन अमर शाक्यले गरेका छन् ।
हेर्नुहोस भिडियो:

कमेन्ट गर्नुहोस्