फोरम नेपालकाे ८७ सदस्यीय समाजवादी ट्रेड यूनियन महासंघ घोषणा

‘फोरम नेपालले श्रमिक संघर्षलाई थप उचाइँमा पुर्याउँछ’

काठमाडौं, वैशाख १८ । संघीय समाजवादी फोरम नेपालको श्रमिक संगठन समाजवादी लोकतान्त्रिक टे«ड यूनियन महासंघको एकीकरण घोषणा भएको छ । राष्ट्रिय लोकतान्त्रिक ट्रेड यूनियन महासंघ स्वतन्त्र र समाजवादी टे«ड यूनियन महासंघ नेपालबीच महासंघ एकीकरण भयो ।

मंगलबार राजधानीमा आयोजित एक समारोहमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले श्रमिक हकहित र संरक्षणको लागि संघर्षरत समाजवादी टे«ड यूनियन महासंघ एकीकृत भएको घोषणा गरेका हुन् ।

एकीकरणपछिको ट्रेड यूनियन महासंघको अध्यक्षको जिम्मेवारी नवराज दाहालले पाएका छन् । महासंघको सहअध्यक्षमा जोगीलाल यादव, वरिष्ठ उपाध्यक्षमा अर्जुन लम्साल छन् ।

उपाध्यक्षमा विन्देश्वर राय यादव, सुनितादेवी बराल, प्रेम भुजेल, सपना अर्याल र हेमन्त माण्डव छन् ।

त्यस्तै, महासचिवमा डिबी सरोज राई रहेका छन् । उपमहासचिवमा हरिश दाहाल, दयाराम राई, शैलेन्द्र बैद्य र बलराम चौधरी चुनिएका छन् ।

सचिवमा यज्ञकुमार राई, कुलमाया गोले, बासुदेव यादव, गोपाल राई, राजेन्द्र भुषाल र रामविलास यादव छन् । शोभा मण्डललाई कोषाध्यक्षको जिम्मेबारी दिइएर सत्तासी सदस्यीय टे«ड यूनियन महासंघ एकीकरण घोषणा भएको छ ।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमको विशिष्ठ अतिथिमा पार्टीका वरिष्ठ नेता अशोक कुमार राई र सहअध्यक्ष राजेन्द्र श्रेष्ठको उपस्थिति थियो ।

कमेन्ट गर्नुहोस्