वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटा फेरि अस्पताल भर्ना

काठमाडौं, वैशाख १८ । लामो समय बेलायतका लण्डनस्थित किङ्ग्स कलेज हस्पिटलमा उपचार गराएर शनिबार मात्रै स्वदेश फर्केका वरिष्ठ स्नायु शल्यचिकित्सक डा उपेन्द्र देवकोटा मंगलबार अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा फेरि समस्या देखिएपछि डा देवकोटालाई बाँसबारीस्थित न्यूरो अस्पताल भर्ना गरिएको हो । डा देवकोटा उक्त अस्पतालका संस्थापक हुन ।

गएको मंसिर १० सम्पन्न संघ र प्रदेशको चुनावमा गृह जिल्ला गोरखामा सक्रिय रहेका देवकोटा स्वास्थ्यमा अचानक समस्या आएपछि पाँच महिनासम्म लण्डनस्थित किङ्ग्स कलेज अस्पतालमा उपचार गराएर नेपाल फर्केका थिए।

देवकोटाका स्वास्थ्य अवस्था गम्भीर रहेपनि शुरुदेखि नै उनलाई वास्तविक रुपमा के भएको हो त्यो अहिलेसम्म गोप्य राखिएको छ । उपचारमा संलग्न चिकित्सकहरुले उनको उपचार भइरहेको बताएका तर समस्याको बारेमा बताएनन्।

उनी पर्वूराजा ज्ञानेन्द्र शाहको सक्रिय शासनमा स्वास्थ्यमन्त्री थिए ।

कमेन्ट गर्नुहोस्