Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

रौतहटका जैसी यादवको मलेसियामा मृत्यु

मलेसिया, वैशाख १९ । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका रौतहट पचरुखिका जैसी यादवको सोमबार राति मृत्यु भएको छ।

दिउँसो काम सकेर सकुशल कोठामा फर्किएका यादब राती खाना खाएर सुतेकै आबस्थामा मृत फेला परेका हुन ।

मलेसियाको बाजलान इङाङ तेलुक पाङ्लिङागाराङ केबुन बारु स्थित टेक्नि कास्ट आल्मोनियम कम्पनी मा बिगत ७ बर्स देखि कार्यरत यादव सिध्धी दाता म्यानपावर प्रालि बाट १ लाख तीस हजार बुझाइ रोजगारीका मलेसिया पुगेका थिए ।

राति सङ्गै सुतेको साथी अबेर सम्म नउठेपछि कोठामा रहेका अन्य साथीहरूले बोलाउन खोज्दा यादव मृत अबस्थामा भेटेपछि साथिले कम्पनी र स्थानीय प्रहरी लाई खबर गरेको बताएका छन ।

मृतक को सब हाल पोस्टमार्टम को लागि बान्तिङ हस्पिटल मा राखिएको र कम्पनी ले दूतावास सङ सहकार्य गरेर आबस्यक प्रक्रिया पुरा गरि शव नेपाल पठाउने तयारी रहेको सोही कम्पनी मा कार्यरत हरि सुबेधी ले जानकारी दिएका छन ।

मलेसियामा बिगत लामो समय देखि सुतेकै अबस्थामा धेरै नेपालीको ज्यान गै सकेको भएपनि हालसम्म यस्को कारण पत्ता लाग्न सकेको छैन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: