धादिङमा ४ वटा सवारी साधन आपसमा ठोक्किदा भिषण आगलागी

धादिङ, वैशाख १९ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका २ बाह्रकिलोमा एउटा ट्रकमा आगो लागेको छ ।

नेपाली सेनाको गाडी र ट्रकका साथै अन्य दुई सवारी साधन एकआपसमा जुद्दा आगो लागेको बताइइएको छ ।

महादेबबेशी वजार नजिकै चारवटा सवारी साधन एकआपसमा ठोक्किदा मालवाहक ट्रकमा आगलागी भएको हो ।

थाक्रे गाउँपालिका वडा नम्वर ६ महादेववेशी नजिकै २ वटा बाइक, आर्मी गाडी, मालबाहक ट्रक एक आपसमा ठोकिदा मालबाहक ट्रकमा भीषण आगलागी भएको हो ।

घटनामा ३ जना घाइते भएका छन । दुर्घटनामा मोटरटसाइकल ट्रक मुनी पर्दा आगलागी भएको स्थानीय बैरागी कुमारले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्