बजारमा सुनचाँदीको मूल्य स्थिरै !

काठमाडौं । साताको चौथो दिन बुधबार सुनको मूल्य स्थिर नै कायम भएको छ । आज छापावाला सुन तोलामा ५८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुन प्रतितोला ५८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन ५८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला ७५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि चाँदी प्रतितोला ७५९ रुपैयाँमै कारोबार भएको थियो ।

कमेन्ट गर्नुहोस्