१२ बजेको अपडेटः नेप्से परिसूचक ०.४९ प्रतिशतले घट्यो

काठमाडौं । साताको चौथो बुधबारका दिन नेप्से कारोबार भएको पहिलो एक घण्टाको अवधिमा शून्य दशमलव ४९ पतिशत घटेको छ ।

कारोबार भएको आधा घण्टासम्म ३ अङ्कले बढेको बजार एक घण्टामा ६ दशमलव ६२ अङ्कले घटेर १ हजार ३ सय ४२ दशमलव ३९ विन्दुमा पुगेको छ ।

कारोबार भएका ८ समूहको परिसूचकमा वित्त कम्पनी र ‘अन्य’ समूहको परिसूचक बढेको छभने बाँकी समूहको परिसूचक घटेको छ ।

कारोबार भएका ९४ कम्पनीको रू. ४ करोड ५२ लाख बराबरको शेयर कारोबार भएको छ । स्वदेशी लघुवित्तको प्रतिकित्ता रू. १ हजार ६ सय ५७ मा रू. १ करोड बराबरको शेयर कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्