१ बजेको अपडेटः दोस्रो घण्टामा नेप्से कारोबार ०.८६ प्रतिशतले घट्यो

काठमाडौं । बुधवार दोस्रो घण्टाको अवधिमा नेप्से कारोबार शून्य दशमलव ८६ प्रतिशत घटेको छ । नेप्से ११ दशमलव ५६ अङ्कले घटेर १ हजार ३ सय ३७ दशमलव ४५ विन्दुमा पुगेको छ ।

कारोबार भएका ८ समूहको परिसूचकमा ‘अन्य’ समूहको परिसूचक बढेको छभने बाँकी समूहको परिसूचक घटेको छ । कारोबार भएका १ सय ३४ कम्पनीको रू. ११ करोड १५ लाख बराबरको शेयर कारोबार भएको छ । स्वदेशी लघुवित्तको प्रतिकित्ता रू.१ हजार ६ सय ८९ मा रू.१ करोड ५० लाख बराबरको शेयर कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्