त्रिचन्द्रमा क्रान्तिकारीको छात्रा विभाग गठन

काठमाडौं । नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीले राजधानीको त्रिचन्द्र कलेजमा छात्रा विभाग गठन गरेको छ ।

बुधबार एक भेला गर्दै क्रान्तिकारीले छात्रा विभाग गठन गरेको हो । विभागको अध्यक्षमा अनुजा बोहरा, उपाध्यक्षमा महिमा गोतामे, रचना थापा, भवानी सापकोटा, सचिवमा दीपिका पाण्डे, सहसचिवमा आशा बुढामगर, अस्मिता गौतम कोषाध्यक्षमा स्मुना बोहरा रहेका छन् ।

२५ सदस्यीय छात्रा विभागको भेलालाई सम्बोधन गर्दै माओवादी केन्द्रकी नेतृ अञ्जना बिखङ्खे, अखिल ९क्रान्तिकारी० की सचिव गंगा दाहाल लगायतका वक्ताहरुले शैक्षिक क्षेत्रमा समावेशीकरणको आवश्यकता औल्याए ।

विभागको ईन्चार्जमा सुमना रेग्मी चयन भएकी छन् । विभागले विद्यार्थी संगठनभित्र महिलाका मुद्दामा काम गर्ने क्रान्तिकारीका त्रिचन्द्र ईन्चार्ज दीपक भण्डारीले जानकारी लिए ।

कमेन्ट गर्नुहोस्