पत्रकार जे डे हत्याकाण्ड: ७ वर्षपछि ‘अन्डरवर्ल्ड डन’ छोटे राजन दोषी करार

मुम्बई, वैशाख १९ । मुम्बईको एक विशेष अदालतले सात वर्ष अघि हत्या गरिएका पत्रकार जे डेको हत्याका प्रमुख अभियुक्त छोटे राजनलाई दोषी करार गरेका छ ।

अदालतले यो मुद्दामा पत्रकार जिगना वोरा पाल्सन जोसेफलाई सफाई दिएको छ । अदालतले यो मुद्दामा छोटे राजनसहित ९ जनालाई दोषी करार गरेको छ ।

मुम्बईका बासिन्दा ज्योतिर्मय एक मिड डे न्यूज पेपरमा वरिष्ठ क्राइम रिपोर्टरका रुपमा कार्यरत थिए । पत्रिकाका लागि जे डे नाममा लेख्ने ज्योतिर्मयको मुम्बईको उपनगर पवईमा ११ जून २०११ मा गोली हानी हत्य गरिएको थियो ।

मोटरसाइकिलमा आफ्नो घर गइरहेको समयमा चार जना बन्दूकधारीले उनीमाथि गोली प्रहा गरेका थिए । उनी ५८ वर्षका थिए । भने मुम्बईमा प्रख्यात क्राइम रिपोर्टरका रुपमा परिचित थिए ।

कथित अन्डरवर्ल्ड डन राजेन्द्र सदाशिव निखाल्जे उर्फ छोटे राजन र तत्कालिन एसियन एजका डिप्टी ब्यूरो चीफ रहेका जिग्ना वोरालाई जेडे हत्याकाण्डका प्रमुख अभियुक्त मानिएको थियो ।

कमेन्ट गर्नुहोस्