विद्यार्थीद्वारा प्याब्सन र एन प्याब्सनमा तालाबन्दी

काठमाडौं, वैशाख १९ । चर्को शुल्कबृद्धिको विरोधामा आन्दोलनरत विद्यार्थी संगठनद्वारा निजी विद्यालय संचालकहरुको संस्था प्याब्सन र एन प्याब्सनमा बुधबार तालाबन्दी गरेका छन् ।

पूर्वनिधारित कार्यक्रम अनुसार बुधबार दिउँसो अनेरास्ववियू, नेविसंघ, अखिल क्रान्तिकारीलगायतका विद्यार्थी संगठनका प्रतिनिधिले प्याब्सनको डिल्लिबजार र एन प्याब्सनको कुपोन्डोलमा रहेको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको अनेरास्ववियुका केन्द्रीय कमिटिका सचिव आरसी लामिछानेले जानकारी दिए ।

प्रत्येक नयाँ शैक्षिकसत्रमा निजी विद्यालयले मनपरी तरिकाले चर्को शुल्कबृद्धि गरेको विरोधमा प्रमुख निकट विद्यार्थी संगठन आन्दोलनमा रहे पनि अहिलेसम्म सुनुवाई नभएपछि बाध्य भएर तालाबन्दी गर्नु परेको अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए ।

कमेन्ट गर्नुहोस्