२ बजेको अपडेटः तेस्रो घण्टामा फेरि घट्यो ०.५८ प्रतिशतले नेप्से

काठमाडौं । साताको चौथो दिन बुधवार नेप्से कारोबार भएको तेस्रो घण्टाको अवधिमा शून्य दशमलव ५८ प्रतिशत घटेको छ । नेप्से ७ दशमलव ७६ अङ्कले घटेर १ हजार ३ सय ४१ दशमलव २५ विन्दुमा पुगेको हो ।

कारोबार भएका ९ समूहको परिसूचकमा ‘अन्य’ समूहको परिसूचक बढेको छ भने बाँकी समूहको परिसूचक घटेको छ । कारोबार भएका १ सय ५२ कम्पनीको रू. १९ करोड ६६ लाख बराबरको शेयर कारोबार भएको छ।

स्वदेशी लघुवित्तको प्रतिकित्ता रू. १ हजार ७ सय २७ मा रू. २ करोड ५ लाख बराबरको शेयर कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्