फोरम नेपालको केन्द्रीय समिति बैठक शुरु

काठमाडौं, वैशाख १९ । संघीय समाजवादी फोरम नेपालको छैठौ केन्द्रीय बैठक राजधानीमा शुरु भएको छ ।

बुधबारदेखि शुरु बैठकमा राजनीतिक, सांगठनिक र कार्यसम्पादन गरी तीनवटा प्रतिवेदन प्रस्तुत गरिने बताइएको छ ।

बैठकको शुरुवातमा पार्टी अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्ने छन् । त्यसपछि पार्टी सहअध्यक्ष राजेन्द्र श्रेष्ठद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिवेदनमाथि केही बेरमा केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने क्रम सुरु हुने बताइएको छ।

कमेन्ट गर्नुहोस्