शिवलिङ्गमा आरओ प्रशोधित पानी मात्र चढाउन सर्वोच्चकाे आदेश

नयाँदिल्ली, वैशाख १९ । भारतको उज्जैनस्थित महाकालेश्वर मंदिरमा रहेको शिवलिङ्गमा आरओ प्रशोधित पानी मात्र चढाउन त्यहाँको सर्वोच्च अदालतले आदेश दिएको छ ।

मंदिरमा अवस्थित ऐतिहासिक शिवलिङ्गमा दूध, दही, घ्यू, मह जस्ता चीज चढाईंदा त्यो घिसिएर सानो हुन थालेपछि यसप्रकारको पूजाविधि रोक्न अदालतमा जनहित याचिका दायर भएको थियो ।

अदालतले मंदिरको पूजा पद्धति अदालतको सरोकारभित्र नपर्ने तर ऐतिहासिक शिवलिङ्ग खिइँदैजानु चिन्ताको विषय रहेको उल्लेख गाडेको छ।

गत वर्ष अक्टोबर महिनामा सर्वोच्च अदालतले शिवलिङ्गको अभिषेकमा आरओको पानी प्रयोग गर्न आदेश जारी गरेको थियो। त्यसपछि शिवलिङ्गमा नित्य चढाइने दूध, दही , माह जस्ता पदार्थको यसमा असरबारे एउटा जांच समिति गठन भएको थियो ।

कमेन्ट गर्नुहोस्