नगरपालिका उपप्रमुख श्रीमानको कुटाईबाट गम्भीर घाइते

मंगलबार राति गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारी श्रीमान ध्रुब कुँवरको कुटाइबाट गम्भीर घाइते भएकी छिन ।

घरायसी काममा विवाद भएपछि उनको श्रीमान् कुँवरले कुटपिट गरेको स्थानीयले बताएका छन । आँखामा गम्भीर चोट लागेकी मुनाको शरीरभरि निलडाम देखिएको प्रहरीले जनाएको छ ।

उपप्रमुख अधिकारी कुट्ने कुँवरलाइ बाँडेगाउँ प्रहरीले पक्राउ गरेर महानगरीय प्रहरी बृत सातदोबाटो राखिएको प्रहरी निरीक्षक सुन्दर चौलागाईले बताए ।

कुटाइबाट घाइते अधिकारीलाई उपचार गरिदै छ । स्थानीय निर्वाचनमा गोदावरी नगरपालिकामा नेपाली काग्रेसबाट उपप्रमुख बनेर अधिकारिले चुनाव जितेकी हुन । जनप्रतिनिधि बनिसकेकी श्रीमतीलाई मरनासन्न हुनेगरी कुट्ने श्रीमान कुँवरलाइ हदै सम्मको कारवाही हुन सक्ने प्रहरीको बनाइ छ । अहिले अनुसन्धान चलिरहेको प्रहरीले जनायो ।

स्थानीय स्तरमा हुने झैझगडा, मुद्दा मिलाउन गठन गरिने न्यायिक समितीको संयोजक रहने उपप्रमुख आफै घरेलु हिंसाको शिकार बनेकी हुन ।

कमेन्ट गर्नुहोस्