सिमा विवाद समाधान गर्न केन्द्र सरकारलार्इ प्रादेशिक सरकारकाे अनुराेध

धनगढी, वैशाख १९ । ७ नं प्रदेशको आज बसेको प्रादेशिक मन्त्रिपरिषद बैठकले पछिल्लो समय कञ्चनपुरको पुनर्वास लगायतका सिमा क्षेत्रहरुमा देखिएको सिमा विवाद समाधान गर्न तथा दुइ देशका संयुक्त नापी टोलीकोे समय थप गर्न केन्द्र सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ ।

याे पनि पढ्नुस  लिपुलेक नजिक फहराउन छाड्यो नेपाली झण्डा

बुधबार बसेको प्रादेशिक मन्त्रिपरिषद बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवासुविधाका सम्वन्धमा व्यवस्था गर्न वनेको विद्येयक, २०७५ प्रदेश सभामा पठाउन स्वीकृति दिने निर्णय गरेको छ । बैठकले उक्त विद्येयकलाई थप परिमार्जन सहित स्वीकृत गरी प्रदेश सभामा पठाउने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री एवं सरकारका प्रवक्ता प्रकाश शाहले जानकारी दिए ।

याे पनि पढ्नुस  मुख्यमन्त्री त्रिलोचन भट्टले भोलि विश्वासको मत लिने

यस्तै बैठकले ७ नम्वर प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक सुविधाको व्यवस्था सम्वन्धमा विद्येयकको मस्यौदा तर्जुम ागर्न सहमती प्रदान गर्ने, सार्वजनिक लिखत प्रमाणिकरण विद्येयकलाई ऐन सरह निर्माणका लागि संसदमा पेश गर्ने तथा जारी हिउदे अधिवेशन समाप्तिका लागि प्रदेश प्रमुखलाई सिफरिस गर्ने निर्णय गरेको प्रवक्ता शाहाले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्