ट्रंप फेरि मुछिए विवादमा, डाक्टरलाई गलहत्याएर स्वास्थ्य रिपोर्ट बनाउन लगाएको आरोप

वाशिंगटन, वैशाख १९ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपसँग विवाद जोडिएन भने अब त के के नपुगे झैं हुन थालेको छ । पदभार सम्हालेदेखि नै विभिन्न कारणले सधैं विवादित रहने गरेका ट्रंप फेरि नयाँ विवादमा तानिएका छन् र यसपल्ट उनले आफ्ना निजी चिकित्सकलाई गलहत्याएर आफ्नो निरोगिताको प्रमाणपत्र जारी गर्न लगाएको खुल्न आएको छ ।

राष्ट्रपतिका पूर्व चिकित्सक डाक्टर ह्यारोल्ड बोर्नस्टिनका अनुसार ट्रंपले आफैँ आफ्नो स्वास्थ्य प्रमाणपत्र तयार गर्न लगाएका थिए ।

२०१५ मा राष्ट्रपति उम्मेदवारको रूपमा ट्रंपलाई आवश्यक पर्ने ‘हेल्थ लेटर’मा ट्रंपलाई उक्त पदका लागि स्वस्थ रहेको बताइएको थियो ।

बोर्नस्टिनको कार्यालयबाट जारी उक्त पत्र ट्रंपले आफैँ भनेर लेख्न लगाएको उनले आरोप लगाएका छन् । बोर्नस्टिनका अनुसार, “त्यो पुरै पत्र ट्रंपले आफैँ भन्दै लेख्न लगाएका थिए ।”

ट्रंपका निजी चिकित्सक ह्यारोल्ड बोर्नस्टिन

 

 

सीएनएनसँगको कुराकानीमा बोर्नस्टिनले फेब्रुअरी २०१७ मा ट्रंपका अंगरक्षक आएर उनको स्वास्थ्य सम्बन्धी सम्पूर्ण दस्तावेज हटाएका थिए ।

उता व्हाइट हाउसले भने ह्यारोल्ड बोर्नस्टिनको आरोपप्रति कुनै प्रतिक्रिया जनाएको छैन ।

सीएनएनसंगको साक्षात्कारमा बर्नस्टिनले २०१५ मा ट्रम्प्ले राष्ट्रपति चुनावको लागि प्रस्तुत गरेको निरोगिताको प्रमाणपत्र उनले बनाएका थिएनन् ।

त्यस प्रमाणपत्रमा ट्रंपलाई अविश्वसनीय शारीरिक एवम् मानसिक क्षमता भएको बताइएको थियो। उनको रक्तचाप एवम् अन्य प्रयोगशाला सम्बन्धी जाँचका नतिजाहरू पत्याउनै नसकिने गरेर उल्लेख गरिएका थिए र उनले एक वर्षमा ७ किलो वजन घटाएको समेत उल्लेख गरिएको थियो ।

पत्रमा ट्रंपमा कुनै पनि प्रकारको क्यान्सरको लक्षण नरहेको र उनलाई जोर्नी दुख्ने समस्या समेत नरहेको उल्लेख गरिएको थियो। यो स्वास्थ्य विवरण सार्वजनिक हुनुभन्दा केही अगाडी ट्रंपले ट्विट गर्दै ह्यारोल्डको रिपोर्ट अनुसार आफू एकदमै स्वस्थ रहेको खुलासा गरेका थिए । उनले फेसबुकमा समेत आफ्ना जीनहरू धेरै राम्रा भएकोमा आफू खुसी रहेको लेखेका थिए ।

राष्ट्रपति ट्रंप अमेरिकाका सबैभन्दा बढी उमेरका राष्ट्रपति हुन। गत जनवरीमा मात्रै उनको मानसिक स्वास्थ्यमाथि प्रश्न उठ्न थालेपछि उनले तींघंता लामो स्वास्थ्य परिक्षण गराएका थिए।

त्यस प्रमाणपत्रमा ट्रंपलाई अविश्वसनीय शारीरिक एवम् मानसिक क्षमता भएको बताइएको थियो। उनको रक्तचाप एवम् अन्य प्रयोगशाला सम्बन्धी जाँचका नतिजाहरू पत्याउनै नसकिने गरेर उल्लेख गरिएका थिए र उनले एक वर्षमा ७ किलो वजन घटाएको समेत उल्लेख गरिएको थियो ।

व्हाइट हाउसका चिकित्सक डाक्टर रोनी ज्याक्सनका अनुसार राष्ट्रपतिको कुरा बुझ्ने क्षमता र उनको स्नायुप्रणाली एकदम दुरुस्त रहेको छ।

उता न्युयोर्क निवासी डाक्टर ह्यारोल्ड बोर्नस्टिनले भने ३ फेब्रुअरी २०१७ का दिन राष्ट्रपतिकजा निजी अंगरक्षक र अन्य दुई जना उनको कार्यालयमा आएर राष्ट्रपतिको स्वास्थ्य सम्बन्धी सम्पूर्ण कागजात खोसेर लगेको बताएका छन् ।

बोर्नस्टिनले आफुलाई बलात्कृत भएको र लुटिएको जस्तो अनुभूति भएको बताएका छन् ।

व्हाइट हाउसकी प्रेस सेक्रेटरी साराह स्यान्डर्सले उक्त कारवाही कुनै छापा नभएर व्हाइट हाउस मेडिकल युनिटको नियमित प्रक्रिया रहेको बताएकी छिन् ।

 

कमेन्ट गर्नुहोस्