मलेसियामा फिल्म रेसको च्यारिटी शो सम्पन्न

मलेसिया, वैशाख १९ । नेपाल आदिवासी जनजाती महासंघ राष्ट्रिय समन्वय समिति मलेसियाको आयोजनामा प्रदर्शन गरिएको नेपाली चलचित्र ‘रेस’को च्यारिटी शो भब्यताको साथ सम्पन्न भएको छ ।

गएको महिना अप्रिल ८ तारिख आइतबारदेखि मलेसियाको विभिन्न शहरमा प्रदर्शन शुरु गरेको चलचित्रको मंगलबार नेपाल आदिवासी जनजाती महासंघ मलेसियाको अध्यक्ष पिटी शेर्पाको सहभागीतामा भिआइपी शो गर्दै सम्पन्न भएको हो।

फिल्म निर्देशक किशोर सुब्बा र रेसका सहनिर्माता रबिनकुमार गुरुङलाई महासंघ मलेसियाका अध्यक्ष पिटि शेर्पा, ब्यवसायी दिल केरुङ लिम्बू , प्रवासी थारु सेवा समाज मलेसियाका संस्थापक संरक्षक घनश्याम चौधरी, मन्जरी थिएटर ग्रुप मलेसिया, नेपाल म्हार म्हेन्दो तामाङ कलाकार संघ मलेसिया, तामाङ समाज मलेसिया लगायत संघसंस्थाको पदाधिकारीहरुले खादा ओढाइ कदरपत्र, सम्मानपत्र प्रदान गरि सम्मानित समेत गरेका थिए।

फिल्म मलेसियाका मुख्य शहर इपो, जोहोरबारु, पेनाङलगायतमा प्रदर्शन गरिएको थियो ।

कमेन्ट गर्नुहोस्