फेसबुकमा आउँदै नयाँ फिचरहरू, अनलाइन डेटिङ देखि गोप्यता सुरक्षासम्म

फेसबुकले प्रयोगकर्ताहरूका लागि नयाँ फिचरहरू ल्याउने भएको छ । मंगलवारदेखि सुरु भएको फेसबुकको वार्षिक आयोजन एफ-एट डेभलपमेंट कन्फ्रेंसमा यस्तो घोषणा भएको हो ।

दुई दिनसम्म चल्ने उक्त कन्फ्रेंसमा फेसबुकले  प्रयोगकर्ता एवम् एप विकासकर्ताहरूका लागि कैयन् आकर्षक फिचरहरू प्रस्तुत गरेको छ । या कन्फ्रेंसमा प्रयोगकर्ताहरूको डाटा सुरक्षा सम्बन्धी चासोलाई सम्बोधन गर्नु रहेको छ ।

फेसबुकक प्रमुख कार्यकारी मार्क जुकरबर्गले कन्फ्रेंस सुरु हुनु अगावै प्रयोगकर्ताहरूले आफ्नो ब्राउजिंग हिस्ट्री डिलिट गर्न मिल्ने फिचर लन्च गर्ने घोषणा गरेका थिए । प्रयोगकर्ताहरूसम्म यो फिचर पुग्न भने अझै केही समय लाग्ने बताइएको छ ।

फेसबुकभित्रै डेटिङ सेवा

फेसबुकले आगामी दिनहरूमा डेटिङ सेवा समेत सुरु गर्ने जुकर्बर्गले घोषणा गरेका छन् । यस सेवा अन्तर्गत युवा-युवतिहरू च्याट गर्ने देखि एकअर्कालाई भेट्ने स्थान समेत तय गर्न सक्ने छन् ।

जुकरबर्गले यस सेवाले गम्भीर सम्बन्धहरूलाई प्राथमिकता दिने बताएका छन् । यो सेवा डेटिङ एप टिंडरसँग प्रतिस्पर्ध गर्ने छ । टिंडरले एकाउन्ट बनाउन फेसबुक प्रोफाइलको प्रयोग गर्ने गर्दछ ।

जुकरबर्गले यस सेवामा प्रयोगकर्ताको गोप्यताको विशेष ख्याल राखिने बताएकाछन् ।

 

कमेन्ट गर्नुहोस्