३३ किलो सुन प्रकरणमा ६३ जना विरुद्ध मुद्दा दर्ता

काठमाडौं, वैशाख १९ । ३३ किलो सुन प्रकरणमा ६३ जना विरुद्ध बुधबार मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ।

प्रहरी अनुसन्धान गरी तयार पारेको मिसिलका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयमाले अदालतमा ३३ किलो सुन प्रकरणमा ६३ जनालाई प्रतिवादी बनाउदै मुद्दा दर्ता गरेको हो ।

३३ किलो सुन प्रकरणमा एसएसपी दिवेश लोहनीसहित २९ जना पक्राउ परेका छन् भने अरु फरार छन्।

३३ किलो सुन काण्डमा तीन जनाको रहस्यमय मृत्यु र प्रहरीका उच्च अधिकृतको सहभागीताले अनुसन्धान थप पेचिलो बन्दै गएको छ ।

गत माघ ७ गते दुबईबाट अवैध रुपमा ल्याइएको ३३ किलो सुन त्रिभुवन विमानस्थलबाट कर्मचारी तथा प्रहरीको मिलेमतोमा पास भएर ओसारपसारको क्रममा हराएपछि खोजबिन शुरु भएको थियो।

कमेन्ट गर्नुहोस्