वर्तमान सरकारले भूमि समस्या समाधान नगरे देश बर्बाद हुन्छ- प्रचण्ड

काठमाडौं वैशाख १९ । नेकपा माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले भूमि सम्बन्धी समस्या समाधान नगरे देश बर्बाद हुने बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधवार अपरान्ह राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको कार्यक्रममा उहाँले भन्नुभयो, ‘अहिले पनि भूमी सम्बन्धी समस्या समाधान गर्न सकिएन भने देश बर्बाद हुन्छ भन्ने हाम्रो चिन्ता छ । राष्ट्रकै अस्तित्व खतरामा पर्छ भन्ने चिन्ता छ ।’

याे पनि पढ्नुस  ‘प्रचण्डले पार्टी नीतिअनुरुप बोल्दा पनि अमेरिकालाई के को आपत्ति?’

अध्यक्ष प्रचण्डले अहिलेको सरकारमा अधिकांश मन्त्रीहरु किसानका छोराछोरी भएको बताउदैै किसानका छोराछोरीबाट पनि भूमि सम्बन्धी समस्या हल नभए देश बर्बाद हुने बताउनुभएको छ ।

अध्यक्ष प्रचण्डले भू–उपयोग नीति बनेको तर कानूनको अभावमा कामलाई अगाडि बढाउन कठिनाई परेको जानकारी दिँदै अहिले आफूहरु कानून निर्माणको प्रक्रियामा रहेको बताउनुभयो ।

याे पनि पढ्नुस  परिवर्तनको आन्दोलनमा कुल प्रसादको अतुलनीय भूमिका– प्रचण्ड

उहाँले भन्नुभयो, ‘हामी सबैको एउटै मुद्धा र उद्देश्य छ । कृषिमा भूमिको समस्या समाधान नगरी अरु सबै कुरा हवाई हुन जान्छन् । आधारभूत कुरा भनेकै भूमि व्यवस्थापन नै हो ।’

देशमा राजनीतिक स्थायित्व दिने हिसावले आफूहरु अगाडि बढेको प्रस्ट्याउँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘पार्टी एकताको घोषणाको तयारी मात्र बाँकी छ । एकता घोषणाको तयारी गर्दैछौं ।’

याे पनि पढ्नुस  ‘इन्डो–प्यासिफिक रणनीति’ मा प्रचण्डकाे असहमति !

सकेसम्म छिटो पार्टीलाई एउटै बनाउने र साझा घोषणापत्रमा आफूहरुले जनता माझ गरेका संकल्पलाई दह्रोसँग कार्यान्वय गर्ने प्रक्रियामा रहेको उहाँको भनाई थियो ।

उहाँले सुकुम्वासी भूमी सम्बन्धी तमाम समस्याहरु समाधान गर्न कृषि मन्त्रालय, भूमि व्यवस्थापन मन्त्रालय र पशुपक्षी मन्त्रालय सबै एकै ठाउँमा केन्द्रित भएको बताउनु भयो ।

कमेन्ट गर्नुहोस्