झोलामा खोला बोक्ने प्रवृतिको अब अन्त्य : मुख्यमन्त्री भट्ट

धनगढी, वैशाख १९ । प्रदेश नं ७ लाई उज्यालो प्रदेश वनाउन उर्जामैत्री कानुन निर्माणमा प्रादशिक सरकार लागि परेको मुख्यमन्त्री त्रिलोचन भट्टले बताउनु भएको छ ।

बुधबार धनगडीमा आयोजित वैकल्पिक उर्जा प्रवद्र्धन तथा यसमा प्रदेश सरकारको भूमीका विषयक अन्तक्रियामा बोल्दै मूख्यमन्त्री भट्टले झोलामा खोला हाल्ने परिपाटीले वैकल्पिक उर्जाको क्षेत्रमा आशाातित प्रगति हुन नसकेको बताउनु भयो ।

मूख्यमन्त्री भट्टले भन्नुभयो “ अहिले सम्म झोलामा खोला हालेर च्याखे थाप्नेहरुले गाऊघर उज्यालो हुन दियनन, अव यस्तो प्रवृति हटाउन प्रदेश सरकार लाग्छ र उज्यालो प्रदेश हुन्छ । ”

प्राकृतिक स्रोतहरुको पहिचान तथा सहि परिचालन गर्न सके मात्रै प्रदेश ७ को सिघ्र विकास सम्भव हुने उहाँको विश्वास छ । उज्यालो प्रदेश वनाउने अभियानमा वैकल्पिक उर्जा प्रवध्र्दन केन्द्रले प्रदेश नम्वर ७ लाई पनि मुख्य प्राथमिकतामा राखेकोमा धन्यवाद दिदै भट्टले केन्द्रसँग सहकार्य गरेर अगाडी बढ्न प्रदेश सरकार तत्पर छ भन्नुभयो ।

कार्याशाला गोष्ठीमा प्रदेश सभामुख अर्जुन बहादुर थापा, उप सभामुख निर्मला बडाल, प्रदेश सरकारका मन्त्री, सांसदहरु तथा उर्जा क्षेत्रका विज्ञहरुको सहभागीता रहेको थियो । अहिले सम्म प्रदेश नम्वर ७ का ४८ प्रतिशत जनता मात्रै विधुतको पहुचमा छन ।

कमेन्ट गर्नुहोस्