राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश ७ लाई

काठमाडौं, वैशाख १९ । प्रथम मनमोहन मेमोरियल यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नं ७ ले जितेको छ । ७ नं प्रदेशले २ नं प्रदेशलाई २४ रनले पछि पार्दै उपाधिमा कब्जा जमाएको हो ।

बुधबार त्रिविको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश नं ७ ले ३० ओभरको खेलमा पुरै ओभर खेल्दै ७ विकेटको नोक्सानीमा २०८ रनको बनायो ।

राहुल भण्डारीले सर्वाधिक ३८ रनको योगदान दिदा रोशन साउदले ३७ रन, हृदय बिठारीले ३३ रन जोडेका थिए । बलिङतर्फ प्रदेश २ का विवेक यादवले दुई विकेट लिए ।

२०९ रनको बिजय लक्ष्यका साथ मैदानमा उत्रिएको प्रदेश २ ले पुरै ३० ओभर खेल्दै ९ विकेटको क्षतिमा १८४ रनमा समेटियो । प्रदेश २ लागि अमित यादवले उत्कृष्ट व्याटिङ गर्दै ८० रनको शानदार इनिङ खेले पनि टीमको जितका लागि भने प्रयाप्त भएन ।

प्रदेश २ का लागि त्रितराज दाशले २७ रन, साहिल पटेले २५ रनको योगदान गर्दा अन्य ब्याट्सम्यानले मैदानमा टिकेर खेल्न सकेनन् ।

७ नं का लािग मनोज लोथ्यालले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए । भने नरेन्द्र साउदले ३ विकेट हात पारे ।

७ नं प्रदेशले दुई लाख ५० हजार रुपैयाँ नगदसहित, मेडल, ट्रफी, प्रमाणपत्र पायो भने उपविजेता २ नं प्रदेशले एक लाख ५० हजारसहित मेडल, ट्रफी, प्रमाणपत्र पाए ।

बिजेता र उप बिजेता टोलिलाई नेकपा एमालेका वरिष्ठ नेता बामदेब गौतम र भरतमोहन अधिकारीले पुरस्कार बितरण गरेका थिए ।

कमेन्ट गर्नुहोस्