संसदलाई प्रभावकारी र व्यवस्थित बनाउन सभामुख महराले सार्वजनिक गरे कार्यतालिका

काठमाडौं, वैशाख १९ । संघीय संसदको वैशाख २३ ( आइतबार) गतेदखि शुरु हुने बजेट (वर्षे) अधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन उद्देश्यले बैठक शुरु हुनु अघि नै संसद सचिवालय कार्यतालिका सार्वजनिक गरेको हो ।

सचिवालयले जेठको पहिलो साता सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र संविधानको व्यवस्था अनुसार १५ गते आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्ने गरि कार्यतालिका तय गरेको छ ।

सभामुख कृष्णबहादुर महराले बुधबार पत्रकार सम्मेलन गरि असार अन्तिम सम्मको संघीय संसदको सम्भावित कार्यतालिका बारे जानकारी गराएका हुन् ।

जेठ १७ गतेदेखि एक सातासम्म बजेटमाथि सैद्धान्तिक छलफल हुने छ भने जेठको चौथो सातादेखि असारको तेस्रो सातासम्म बजेटमा समावेश मन्त्रालयगत शीर्षकमाथि छलफल, बजेट आश्रित विधेयक प्रस्तुत र पारित गर्ने कार्यसूची रहेको छ ।

असार चौथो सातादेखि प्राप्त विधेयक, सार्वजनिक महत्वका प्रस्तावमाथि छलफल हुनेछ । त्यही अवधिभित्र प्रतिनिधिसभाका समिति गठन गरिने कार्यसूचीमा उल्लेख छ ।

सार्वजनिक महत्वको प्रस्ताव, ध्यानाकर्षण तथा संकल्प प्रस्तावका साथै प्रश्न उत्तरको प्रस्तावलाई पनि नियमावलीमा समावेश गरिएकाले प्रश्न उत्तरको प्रस्ताव लगायत विषयलाई उच्च महत्व दिई समावेश गरिने सभामुख महराले जानकारी दिए । संघीय संसदको द्धितिय अधिवेशन बैशाख २३ गते आईतबारबाट प्रारम्भ हुँदैछ ।

केही समय सभामुख महराले अबका संसद अधिवशेन जनचाहाना अनुसार कानून निर्माण पहिलो प्राथकिता दिदै व्यवस्थित र प्रभावकारी बनाउने बताएका थिए ।

कमेन्ट गर्नुहोस्