पत्रकार महासंघ र नेपाल एफएम व्यवस्थापनबीच ४ बुँदे सहमती

काठमाडौं, बैशाख २० । कर्मचारी तथा पत्रकारहरुलाई समयमै तलब नदिएको भन्दै आन्दोलित नेपाल पत्रकार महासंघ र नेपाल एफएम व्यवस्थापनबीच ४ बुँदे सहमति भएको छ ।

नेपाल एफएममा माग पत्र सहित कालो ब्यानर टाँगेपछि व्यवस्थापनले छलफलमा बोलाएको थियो ।

छलफलपश्चात नियमित तलब तत्काल सुरु गर्ने र लामो समयसम्मको बक्यौता एक महिनाभित्र टुङ्ग्याउने लगायतका सहमती भएका छन् ।

सहमतिपत्रमा नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्ट र नेपाल एफएमका कार्यकारी निर्देशक विष्णुहरि ढकालले हस्ताक्षर गरेका छन् ।

छलफलमा महासंघका सचिव एवं श्रमजीवि हित प्रर्वधन समिति संयोजक रामप्रसाद दाहाल, सह संयोजक जन्मदेव जैसी, केन्द्रीय सदस्य एवं प्रतिष्ठान संयोजक यम बिरहीसहित नेपाल एफएम सञ्चालक समिति अध्यक्ष शोभा सापकोटा, नेपाल एफएम प्रतिष्ठान शाखाका अध्यक्ष वैकुण्ठ ढकाल, सचिव रघुनाथ बजगाईको उपस्थिति थियो ।

कमेन्ट गर्नुहोस्