Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आर्इपीएल: दिल्लीले राजस्थानलार्इ ६ वर्षपछि हरायो

नयाँ दिल्ली,बैशाख २० । फिरोजशाह कोटला स्टेडियममा दिल्ली डेयरडेभिल्सले डकवर्थ लुईस नियमका आधारमा राजस्थान रोयल्सलार्इ ४ रनले पराजित गरेको छ ।

इन्डियन प्रिमियर लिग (आर्इपीएल) को गएराति भएको खेलमा दिल्लीले पहिले ब्याटिङ गर्दै १७.१ ओभरमा छ विकेट गुमाउँदै १९६ रन बनायो । १७.१ ओभरपछि खेललार्इ पानीले असर गरेपछि रोकिएको थियो ।

त्यसपछि राजस्थान रोयल्सलार्इ १२ ओभरमा १५१ रनको लक्ष्य दिइयो । जसको जवाफमा अजिङ्क्य रहाणेको टीम १२ ओभरमा पाँच विकेट गुमाउँदै १४६ रनमा समेटियो । अन्तिम ओभरमा राजस्थानले जितका लागि १५ रन बनाउन सकेन ।

ओपनर जोस बटलर र डी आर्सी शार्टले राजस्थानलार्इ गतिलो सुरूवात दिँदै ६.४ ओभरमा ८४ रन बनाए । जोस बट्लरले सबैभन्दा धेरै ६९ रन बनाए । बट्लर आउट भएपछि डी आर्सी शार्ट ४४, सञ्जू स्यामसन ३ र बेन स्टोक्स १ रन बनाएर आउट भए।

उता दिल्लीका कप्तान श्रेयस अय्यर र रिषभ पन्तले तेस्रो विकेटका लागि ९२ रनको साझेदारी गरे । अय्यरले ५० र पन्तले ६९ रन बनाए। पन्त म्यान अफ द म्याच भए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: