बेलायतको चुनावमा नेपाली पनि लड्दै, जित्ने दाबी

काठमाडौं, बैशाख २० । लन्डनका ३२ वटै बरो तथा बेलायतका ठूला सहर म्यानचेस्टर, बर्मिङहाम, लिड्स, न्युक्यासल आदिमा स्थानीय चुनाव हुने भएको हो।

बेलायतीमूलका करिब आधा दर्जन नेपाली पनि प्रतिस्पर्धा गर्दै छन्। लन्डन बरो अफ बार्नेटमा सत्तारूढ कन्जरभेटिभ पार्टीका तर्फबाट काउन्सिलर पदका उम्मेदवार लक्ष्य गुरुङले मतदाताबाट सकारात्मक र उत्साहपूर्ण प्रतिक्रिया पाएकाले जित्ने दाबी गरेका छन्।

बेलायती प्रधानमन्त्री टेरेजा मेले समेत चुनावी अभियानमा सामेल भएर आफूलाई साथ दिएको उनले बताए ।

यसपटक चुनावमा सत्तारूढ कन्जरभेटिभ पार्टीले मुख्य विपक्षी लेबर पार्टीबाट कडा चुनौती बेहोर्नुपर्ने आंकलन भइरहँदा आफ्नो पार्टीका उम्मेदवारको मनोबल बढाउन केही साताअघि प्रधानमन्त्री मे आफै चुनावी अभियानमा सहभागी भएको गुरुङले जानकारी दिए।

कमेन्ट गर्नुहोस्